झापा – सशस्त्र प्रहरीमा कार्यरत थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत २० जना शसस्त्र प्रहरीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३२ जनाको नमूना संकलन गरी परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको हो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले साउन ११ गते काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको समुदायका ८५ जना मानिसको स्वाब नमूनाको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिइन् ।
औषधी तथा फलफूल व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारी, पत्रकारलगायतबाट स्वाब नमूना संकलन गरिएको थियो ।




प्रतिक्रिया