सेनाको कल्याणकारी कोषमा ७ अर्ब २९ करोड १९ लाख रुपैयाँको वृद्धि

सेनाको कल्याणकारी कोषमा ७ अर्ब २९ करोड १९ लाख रुपैयाँको वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम १८.९० प्रतिशतले वृद्धि भएको छ ।

शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सैनिक कल्याणकारी योजना निर्देशनालयका सहायक रथी सुरज केसीले कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको जानकारी दिएका हुन् ।

कोभिड–१९ को महामारीका कारण नकारात्मक असर परे पनि कोषको समग्र प्रगति सन्तोषजनक रहेको केसीको भनाइ छ । केसीका अनुसार विभिन्न निकायमा २०७७ असारसम्म गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाखलाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ ।

कोषको बेरुजु २० करोड १४ लाख १७ हजार रुपैयाँ रहेकामा असार मसान्तसम्ममा १२ करोड ७० लाख २३ हजार रुपैयाँ फर्छौंट भएको पनि केसीले बताए ।

त्यस्तै सेनाले विभिन्न वित्तिय संस्थामा जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी रहेको जानकारी दिएको छ ।