चक्रपथबाट १२ जना जुवाडे पक्राउ


काठमाण्डु – प्रहरीले काठमाण्डुबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगंजका डीएसपी रोशन खड्काको नेतृत्वको प्रहरी टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ, विष्णु खत्रीलगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement