काठमाण्डु – पछिल्लो समय मुलुकमा कोरोना भाइरस संक्रमणदर बढेसँगै सशस्त्र प्रहरी बलका १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमितमा काठमाण्डुका १ जना, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेका सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए । जसमा एकजना डीएसपी पनि रहेका छन् ।
संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको डीआईजी अर्यालले बताए । अहिलेसम्म सशस्त्र प्रहरीका संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।




प्रतिक्रिया