काठमाण्डु – कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाण्डु उपत्यकाका १५ अस्पताल तोकिएका छन् ।
स्वाब संकलन गर्न पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
उनले शंकास्पद बिरामी र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहले यी अस्पतालमा गई स्वाब परीक्षण गराउन सक्ने जानकारी दिए । यीबाहेक सरकारले तोकेका सबै अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया