अवैध रुपमा यात्रु ओसार्ने ४ जना ड्राइभर पक्राउ, यात्रुलाई मकवानपुर नै फिर्ता पठाइयो

अवैध रुपमा यात्रु ओसार्ने ४ जना ड्राइभर पक्राउ, यात्रुलाई मकवानपुर नै फिर्ता पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले निजी सवारीबाट यात्रु बोक्ने चार वटा सवारी साधान नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा थानकोट–चित्लाङ सडक खण्डमा पर्ने काठमाण्डु जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ४ गोदामचोकबाट चार वटा सवारी साधान नियन्त्रणमा लिएको हो ।

मकवानपुरबाट थानकोट तर्फ आउँदै गरेको बा १८ च ७४१७, बा १६ च ६११, बा १६ च ४७३७ र बा १५ च ७४६४ नम्बरको सवारी साधनहरुले अनाधिकृत रूपमा ३३ जना यात्रु बोको थिए ।

पक्राउ पर्नेहरुमा ३३ वर्षीय सुदिप बस्नेत, काठमाण्डु घर भएका ४७ वर्षीय दिपक थापा, दोलखाका ४० वर्षीय चित्र श्रेष्ठ र सिन्धुपाल्चोकका २३ वर्षीयबिष्णु काजी खड्का रहेका छन् ।

एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट जारी भएको पास, सम्वन्धित स्थानीय तहको सिफारिस लगायतका कागजातहरू विना लुकिछिपि थानकोट–चित्लाङ सडकखण्डबाट अनाधिकृत रूपमा प्रवेश गरी यात्रुहरू ओसारपसार गरी कोभिड १९ को संक्रमणको जोखिमको पर्वाह नगरेकोले उक्त सवारी साधनहरूमा उपत्यका प्रवेशको लागि आएका यात्रुहरूलाई पुनः मकवानपुर नै फिर्ता गरी चालकहरुलाई संक्रामक रोग २०२० बमोजिम कानुनी कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डु पठाईएको प्रहरीले जनाएको छ ।