शान्ति मिसनका लागि तीन महिनादेखि रोकिएको सेनाको टोली इराक प्रस्थान


काठमाण्डु – संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य अन्तर्गत विभिन्न देशमा खटिँदै आएको नेपाली सेनाको ३५ जनाको टोली बुधबार इराकतर्फ प्रस्थान गरेको छ ।

विशवभरी फैलिएको कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि रोकिएको नेपाली सेनाको ३५ जनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।

उनले हिमालयन एयरलाइन्सको एयरक्राफ्टमार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको बताए । शान्ति मिसनका लागि नेपाल एयरलाइन्समार्फत असार ३१ गते पहिलो पटक २ सय १३ जनाको टोली माली प्रस्थान गरिसकेको छ ।

त्यस्तै लिवियामा २ सय ३० जना जानु पर्नेमा ११४ जना पहिलो फ्लाइटमा काठमाण्डुबाट ट्युनिसिया र त्यहाँबाट लिविया जानेछन् । ट्युनिसियाबाट स्वीकृति प्राप्त भइनसकेका कारण प्रस्थान गर्न ढिलाइ भइरहेको प्रवक्ता पौडेलले बताए ।

इराकमा सन् १९९५ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement