काठमाण्डुमा संक्रमण बढ्यो, अब अस्पतालले धान्न सक्दैनः स्वास्थ्य मन्त्रालय

काठमाण्डुमा संक्रमण बढ्यो, अब अस्पतालले धान्न सक्दैनः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड–१९ को संक्रमण बढ्न थालेको भन्दै चेतावनी दिएका हुन् ।

‘काठमाण्डुमा संक्रमणको दर बढेको छ । बेलैमा सावधानी अपनाउनुहोला । स्वाब संकलनपछि रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नुहोला,’ उनले भने, ‘काठमाण्डु उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकोले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गर्दछु ।’

चिकित्सकलाई सिफ्ट मिलाएर काम गराउनसमेत अस्पताललाई गौतमले अनुरोध गरे । औषधि पत्ता नलागिसकेको जानकारी दिँदै उनले अक्सिजन र भेन्टिलेटरले सहयोगमात्र गर्ने बताए ।

त्यसैगरी डा. गौतमले संक्रमण बढ्दै गएमा अस्पतालले धान्न नसक्नेसमेत बताए । उनले भने, ‘संक्रमण बढ्दै गए हाम्रो अस्पतालले धान्न सक्दैन । हाम्रो स्वास्थ्यकर्मी पनि अभाव हुन सक्छ । अकालमा ज्यान जान सक्छ । त्यसैले रोग लाग्न बेलैमा होसियारी अपनाउँ। बुद्धि पुर्‍याउ।’