३३४ अस्थायी दरबन्दी मन्त्रिपरिषद्बाट स्वीकृत

३३४ अस्थायी दरबन्दी मन्त्रिपरिषद्बाट स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ण्डु – सरकारले ३३४ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रम सञ्‍चालनको लागि राजपत्रांकित पदका २९२ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ जना राजपत्रांकित अधिकृतहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि पनि करिब १८ सय अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ । लोकसेवा आयोगबाट लिइने स्थायी पदपूर्ति रोकेर सरकारले ठूलो संख्यामा अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

र पो पनि

ठूलो संख्यामा अस्थायी कर्मचारी नियुक्त गर्ने सरकारको निर्णय