लकडाउन गरिरहँदा ५० वटा रोगले मान्छेलाई मार्छः युवराज खतिवडा

लकडाउन गरिरहँदा ५० वटा रोगले मान्छेलाई मार्छः युवराज खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मुख्य ५० वटा रोगमध्ये कान्छोमा पर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले सरकारले कोरोनाका कारण कसैको पनि मृत्यु नहोस् भन्ने दृढ संकल्प गरेको बताएका छन् ।

‘लकडाउन मात्रै गरिरहँदा ५० वटा मुख्य रोगहरु जसले मान्छेलाई मार्छ, त्यो रोगमध्ये कोभिड चाहिँ कान्छोतिर पर्छ। विगत ६ महिनाको तथ्यांकमा कोभिड–५० औं नम्बरमा पर्न आएको छ,’ उनले भने।

मन्त्री खतिवडाले कोभिड(१९ बाट बच्न भिडभाड नगर्ने, मास्क लगाउनेजस्ता सावधानी पनि अपनाउनुपर्ने बताए।