काठमाण्डु – वि.सं.२०७७ साल साउन २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट ०७ तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलासी जीवन व्यातीत गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबै सँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ ।




प्रतिक्रिया