काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्ताको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार ट्वीटरमा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ‘पदको लाज’ जोगाउन आग्रह गरेका हुन् ।
‘इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनूस्’, उनले भनेका छन् ।
रिमालले नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने काम नगर्न पनि आग्रह गरेका छन् ।
‘विधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्’, उनले भनेका छन्, ।
नेता रिमालले देश कोरोना भाइरसको महामारीका कारण अफ्ठेरो स्थितिमा रहेकाले पार्टी एकताविरोधी गतिविधि नगर्न पनि चेतावनी दिएका छन् ।
‘पार्टी एकताविरुद्धका कुनै पनि गतिवधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महसुस होस्’, उनले भनेका छन् ।
केही समय अगाडि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले आफू निकट पत्रकारहरुसँग सरकार र पार्टीविरुद्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सल्लाहकार रिमालले यस्तो बताएका हुन् ।




प्रतिक्रिया