पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन अस्पतालमा उपचार गराइरहेका एक पुरुष र एक जना महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले पाठेघरको क्यान्सर भएकी सुनौलीकी ४१ वर्षीया महिला र सर्लाही घर भएका ४५ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।