नेपाल भ्रमणको निम्तो दिँदै श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीको बधाई

नेपाल भ्रमणको निम्तो दिँदै श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीको बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका समकक्षी महिन्दा राजापाक्षेलाई बधाई दिएका छन् ।

बुधबार भएको श्रीलंकाको संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ मत पाएकोमा प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राजापाक्षेलाई फोन गरी बधाई दिएका हुन् ।

‘प्रधानमन्त्री ओलीले आफ्नो, नेपाल सरकार, नेपाली जनता र नेकपाको तर्फबाट भारी बहुमतसहितको जितका लागि बधाई दिनुभयो,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँको सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।’

टेलिफोन कुराकानीका बीचमा दुई प्रधानमन्त्रीले दुई देशबीचको सुमधुर सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुर्‍याउने विषयमा कुराकानी भएको छ ।

‘दुई नेताबीच कोरोनाभाइरसविरूद्धको लडाइँका अनुभव पनि साटासाट भयो,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूले अवस्था सामान्य भएपछि उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने इच्छा व्यक्त गर्नुभयो ।’

श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

कुराकानीपछि ट्वीट गर्दै उनले भनेका छन्, ‘तपाईंको फोन, शुभकामना र नेपाल भ्रमणको निम्तोका लागि धन्यवाद । श्रीलंका तपाईंको देशसँगको मित्रवत् सम्बन्धलाई सधैँ महत्वपूर्ण ठान्दछ र परेको बेला नेपाली जनताको पक्षमा उभिएको छ । हाम्रो सहयोगलाई अझै मजबुद् बनाउन म आतुर छु ।’