२४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

२४ घण्टामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ३ सय ६४ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार ८ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।