आइतबार थपिए ३८० कोरोना संक्रमित, ४० जना डिस्चार्ज

आइतबार थपिए ३८० कोरोना संक्रमित, ४० जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार५  सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ३ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ११ हजार ३८ रहेको डा. गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या ७५ पुगेको छ ।