काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ ।
गत प्रतिनिधिसभा निर्वाचनपछि १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ जनाले मताधिकार पाएका थिए ।
आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो ।
आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित १ लाख ५८ हजार २६४ जनाको नाम हटाएको जनाएको छ ।


प्रतिक्रिया