जनकपुरमा पुनः एक हप्ता कर्फ्यु लगाउने निर्णय

जनकपुरमा पुनः एक हप्ता कर्फ्यु लगाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरमा एक हप्ता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले साउन १९ गतेबाट जारी निषेधाज्ञा पुनः एक साता थपेको हो ।

आइतबार जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण जारी रहेकाले निषेधाज्ञा (कर्फ्यु)लाई निरन्तरता दिने निर्णय भएको हो ।

पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटोको दुधमती नदीको पुल, दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड र उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुलमा पुनः कर्फ्यु लगाउने निर्णय भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बैंक तथा वितीय संस्थाहरु सिफ्टमा खोल्ने, जनकपुरको यात्रु निवासलाई क्वारेन्टाइन बनाउने र आइशोलेशन थप्ने निर्णय भएको जानकारी दिए ।