काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल होम आइसोलेसनमा बसेका छन् ।
शुक्रबार पौडेसहित उनका सबै अंगरक्षकको कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा एक जनामा कोरोना संक्रमण पाइएको हो ।
अंगरक्षकमा कोरोना संक्रमण भएपछि महासचिव पौडेल आजबाटै होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दियो ।
मंगलबार महासचिव पौडेलको पुनः कोरोना परीक्षण हुने स्रोतले जानकारी दियो ।




प्रतिक्रिया