काठमाण्डु – गृह मन्त्रालयले सात जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट सातजना सिडिओको जिम्मेवारी हेरफेर गरेको हो ।
उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ, राजकुमार राईले रुकुम पूर्वको जिम्मेवारी पाएका हुन् ।





प्रतिक्रिया