कोरोना सङ्क्रमितको यात्रा विवरण नहुुँदा उपत्यकामा जोखिम बढ्दै

कोरोना सङ्क्रमितको यात्रा विवरण नहुुँदा उपत्यकामा जोखिम बढ्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – काठमाण्डु  उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउनुहुन्छ । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फेला परेका सङ्क्रमित प्रहरी कर्मचारी बन्दाबन्दी सुरु भएदेखि कोठा र कार्यालयबाहेक अन्य स्थानमा गएको देखिएको छैन । सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर गएको देखिएन, एक प्रहरी अधिकारीले भन्नुभयो ।

सङ्क्रमित व्यक्ति महानगरीय प्रहरी कार्यालयका ‘हजाम’ हुन्, शङ्का लागि केही प्रहरी कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीमा पोजेटिभ आएछ, ती प्रहरी अधिकारीका अनुसार हजामको सम्पर्कमा आएका ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।