वीरगञ्जमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

मृतक महिला उच्च रक्तचाप र थाइराइडबाट पीडित रहेको नारायणी उप–क्षेत्रिय अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

मृत्युपछि महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।