काठमाण्डु – कपिलवस्तुको तौलिहवा अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एक जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमरजेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए । आईतवार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक जना गरी चार जना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक प्रहरी सक्रमति पुष्टी भएपछि अस्पतालमा अति आकस्मिक सेवा बाहेक अरु सबै सेवा बन्द गरिएको छ ।




प्रतिक्रिया