घुस नखाने दुई प्रहरी हवल्दार सम्मानित


काठमाण्डु – प्रहरी संगठनमा घुस नखाने दुई प्रहरी सम्मानित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दारलाई पुरस्कारसहित सम्मान गरेको हो ।

ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतले हालसम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकेको प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाले बताए ।

लामाले आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित चार प्रहरी कर्मचारीलाई निलम्बन  गरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement