भारतीय विदेशमन्त्रीले नेपाललाई दिए धन्यवाद
काठमाण्डु – भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाललाई धन्यवाद दिएका छन् । भारतमा विमान दुर्घटनाबारे नेपालले दुःख व्यक्त गरेपछि मन्त्री जयशंकरले परराष्ट्र मन्त्री प्रदीपकुमरा ज्ञवालीलाई धन्यवाद दिएका हुन् ।
विदेशमन्त्री जयशंकरले दुर्घटनाबारे दिएको सहानुभूति र समर्थन विपत्तिसँग लड्ने शक्तिको स्रोत भएको उल्लेख गरेका छन् ।
शुक्रवार राती केरलास्थित कोझिकोड विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो ।
विदेश मन्त्री जयशंकरले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र मलेसियाका समकक्षीलाई पनि धन्यवाद दिएका छन् ।
गौतम बुद्धको जन्मस्थान भारत भउको अभिवयक्ति दिएपछि विवादमा आएका मन्त्री जयशंकरले पछि बुद्ध नेपालकै भएकोमा कुनै शंका नरहेको स्पष्टिकरण दिएका थिए ।
Deeply appreciate the message of sympathy on the tragic #KozhikodeAirCrash. Such support is a source of strength at this difficult time. @abdulla_shahid @FMBhutan @AKAbdulMomen @MFA_SriLanka @PradeepgyawaliK @HishammuddinH2O
— Dr. S. Jaishankar (@DrSJaishankar) August 10, 2020