दाङमा एकैदिन नेपाली सेनाका २९ जवानमा कोरोना संक्रमण

दाङमा एकैदिन नेपाली सेनाका २९ जवानमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनी गणमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

साउन १८ गते संक्रमण पुष्टि भएका एक जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङमार्फत स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा एकैदिन २९ जनामा संक्रमण देखिएको हो ।

साउन २३ गते ३१ जनाको स्वाब संकलन गरिएकोमा २९ जनाको पोजिटिभ र २ जनाको रिर्पोट नेगेटिभ आएको बाहिनीका सहायक बाहिनीपति अलिन सिहले बताए ।

कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति सिंहले जानकारी दिए ।