काठमाण्डु – नेपाली सेनालाई ‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न प्रस्ताव आएको छ ।
बिहीबार राष्ट्रिय आविश्कार केन्द्रका वैज्ञानिक महाविर पुनले नेपाली युवालाई अनुसन्धानमा सहयोग पुर्याउने उदेश्यले ‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न प्रस्ताव गरेका हुन् ।
‘नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने सम्भब भए सम्मका बिभिन्न किसिमका मिलिटरी सामानहरुको विकास गर्नको लागी र ति सामानहरु ति सामानहरु उत्पादन गर्नको लागि एउटा ‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्यो भने र त्यसकाममा नेपाली ईन्जिनियरहरु नै प्रयोग गर्न सकिन्छ’, पुनले भने ।
उनले सेनालाई आवश्यक पर्ने सामाग्री, रोबोटलगायतका सामाग्री नेपालमा उत्पादन गर्न सकिने सुझाव दिएका थिए । त्यस्तै उनले सुरक्षाको दृष्टिकोणले अति संबेदनशिल कुराहरुमा अनुसन्धान गर्दा फाइदा हुने बताएका थिए ।
नेपाली सैनिक वार कलेज, नगरकोटमा ‘नेपालमा अनुसन्धान तथा बिकासको आबश्यकता’ विषयमा अन्तरक्रियामा पुनले यस्तो सुझाव दिएका हुन् ।
त्यस्तै उनले सेनाले २० देखि २५ करोड रुपैंयासम्म खर्च गरेर हाल सेना कै मातहतमा रहेको सुन्दरीजल आर्सनल र सेनाको मर्मत सम्भार केन्द्रमा बिभिन्न किसिमको आधुनिक सिएनसी, लेजरसहित मेकानिकल र ईलेकट्रोनिकका उपकरणहरु किनेर अनुसन्धान तथा बिकास गर्न सुझाव दिएका छन् । यसका लागि सेनाका बिग्रेका हातहतियारहरु र अन्य मेशीनरी सामानहरुको सानातिना पार्टपुर्जाहरु बनाएर मर्मत सम्भार गरे पुग्ने पुनको सुझाव छ ।
‘सेना र राष्ट्रिय आविष्कार केन्द्र मिलेर बिभिन्न किसिमका अनुसन्धान तथा बिकासका कामहरुमा सहकार्य गर्न सकिन्छ’, अन्तरक्रियामा उनले भने ।




प्रतिक्रिया