काठमाण्डु – लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा रद्ध गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले पुराना लिखित परीक्षाका कार्यक्रम रद्ध गरेर पुन नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।
विज्ञापन नं. १७१६७/०७६–०७७ को विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेद्वारहरु मात्र सम्मिलित हुन पाउने गरी विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पुनः लिखित परीक्षा सञ्चालन गर्न नयाँ परीक्षा कार्यक्रम प्रकाशन गरिने आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि सञ्चालित लिखित परीक्षाबाट अन्र्तवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको अन्तवार्ता यसअघि नै रद्ध भइसकेको छ ।





प्रतिक्रिया