काठमाण्डु – गृहमन्त्रालयले सवारीमा जोरविजोर प्रणाली लागू गर्न १३ वटा टोली काठमाण्डु उपत्यकमा परिचालन गरेको छ ।
गृहले बिहीबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डु उपत्यकाका तीन जिल्लामा जोर बिजोर कार्यान्वयन गराउन १३ वटा टोली परिचालन गरेको जनाएको छ ।
जसअनुसार काठमाण्डुमा ५, भक्तपुरमा चार र ललितपुरमा चार वटा टोली परिचालित छ । त्यस्तै गृहले मास्क नलगाई हिँड्ने चार लाख भन्दा बढीलाई कारबाही गरेको छ । गृहले चार लाख १९ हजार ५ सय ३८ जनालाई कारबाही गरेको हो ।
त्यस्तै गृहले जर्बजस्ती काठमाण्डु उपत्यका छिर्न खोज्ने सात हजार ६ सय ३५ सवारी साधानलाई कारबाही गरेको छ भने १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाएको छ ।





प्रतिक्रिया