सिन्धुपाल्चोक पहिरो निरीक्षणका लागि उडेका सभामुख चौतारा ओर्लिए

सिन्धुपाल्चोक पहिरो निरीक्षणका लागि उडेका सभामुख चौतारा ओर्लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गरेको पहिरो निरीक्षणका लागि हेलिकोप्टरमार्फत जुगल उडेका सभामुख अग्निप्रसाद सापकोटा चौतारा झरेका छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घर पुरिएका छन् भने ५ घरका सदस्यहरु बेपत्ता भएका छन् ।

उद्धारका लागि पहिलो प्राथमिकता भएकाले सभामुख सापकोटा चौतारा झरेर घाइतेको उद्वार गर्न हेलिकप्टरमा ४ जना सेना एक जना इन्जिनियरलाई त्यसतर्फ पठाएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

घाइते १५ जना लप्सेचौरमा निस्किएर बसेका छन् भने पहिरोबाट थप ३० घर प्रभावित भएको छ ।