बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता सुरु, सहमति खोज्ने प्रयास

बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता सुरु, सहमति खोज्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सुरु भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच वार्ता सुरु भएको हो । आजको वार्तामा पार्टीभित्रका समस्या र स्थायी कमिटी बैठकका नयाँ एजेण्डाबारे छलफल हुने स्रोतले जानकारी दियो ।

बिहीबारको बैठक सकारात्मक रहेको नेताहरुले बताएका छन् । अध्यक्ष प्रचण्डले वार्ता सकारात्मक रहेको आफू निकट नेताहरुसँग ब्रिफिङ गरेका थिए ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले हिजोको बैठक सकारात्मक रहेकाले आज थप छलफल हुन लागेको बताए । उनले हिजाको बैठकको सहमतिबारे जानकारी नभए पनि बैठक सकारात्मक रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने समय तोकेपछि नेताहरुबीचको छलफल पनि सकारात्मक बन्दै गएको छ ।