काठमाण्डु – सत्तारुढ दल नेपाल कयुनिषट पार्टी (नेकपा) को विवाद समाधानतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखापरेको गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।
पार्टीभित्र देखापरेको समस्या समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । दुवै अध्यक्षले कार्यदलले दिएको सुझावका आधारमा सहमति गर्ने बताएका छन् ।
बैठकले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरूमा भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।
कार्यदलमा अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट दुईदुई जनालाई राखिएको हो । दुई अध्यक्षबीच लामो समयदेखिको रस्साकस्सीपछि नेकपाभित्रको विवाद सहमतीय आधारमा समाधान गर्न ओली र प्रचण्ड सहमत भएका हुन् ।
असार १८ गतेको स्थायी कमिटी बैठकबाट चुलिएको नेकपाभित्रको विवादले पार्टीीलाई फूटको संघारमा पुर्याएको थियो । दोस्रो तहका नेताहरुको निरन्तरको दबाबले शीर्ष नेतृत्व सहमतिमा पुगेका हुन् ।




प्रतिक्रिया