टिचिङ अस्पतालमा कार्यरत थप ४ स्वास्थ्यकर्मीमा कोरोना, इमर्जेन्सी विभाग सिल

टिचिङ अस्पतालमा कार्यरत थप ४ स्वास्थ्यकर्मीमा कोरोना, इमर्जेन्सी विभाग सिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन शिक्षण अस्पतालमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको स्वाब संकलगन गरी परीक्षण गर्दा थप ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल अस्पतालको इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सी वार्डको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।