पहिरो पीडितको उद्धारमा खट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

पहिरो पीडितको उद्धारमा खट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिरो पीडितको उद्धारमा खट्न निर्देशन दिएका छन् ।

शुक्रबार कालिकोट र सिन्धुपाल्चोकको पहिरोले ठूलो मानवीय क्षति भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डले दुःख व्यक्त गर्दै यस्तो निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले पहिरोमा बेपत्ता भएकाको उद्धारमा जुट्न पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई आह्वान गरेका छन् ।

‘उक्त घटनामा बेपत्ता हुनुभएकाको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आह्वान गर्दछु’, प्रचण्डले विज्ञप्ति सार्वजनिक गर्दै घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्, ‘पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’