काठमाण्डु – समाजवादी नेपालका सांसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा.यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।
उनले आफ्नो क्लिनिकमा उपचार गराउन आएका बालकबाट कोरोना सरेको बताए । डा. यादवले अहिले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिए ।




प्रतिक्रिया