काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले ७४औं स्वतन्त्राता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी र त्यहाका जनतालाई ट्विटरमार्फत शुभकामना दिएका हुन् ।
‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’
१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ ।




प्रतिक्रिया