काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले बाढी पहिरो नियन्त्रण र सुरक्षीत बस्ती बिकास गर्ने भन्ने कुरा सरकारको नारामा मात्र सिमित रहेको बताएकी छन् । सांसद डा. संग्रौलाले २०७२ को भुकम्पले सिन्धुपाल्चोक लगायत १० जिल्लाहरू उच्च जोखिममा रहेको प्रतिबेदन दिए पनि कार्यान्वयन नभएको भन्दै बेलाबखत सरकारले सन्चालन गरेको गोष्ठी सेमिनारमा कुरा उठे पनि त्यसै सेलाएर गएको आरोप लगाएकी हुन् ।
‘२०७२ को भुकम्पले सिन्धुपाल्चोक लगायत १० जिल्लाहरू उच्च जोखिममा रहेको प्रतिबेदन दिए पनि कार्यान्वयन भएन, बेलाबखत सरकारले सन्चालन गरेको गोष्ठी सेमिनारमा कुरा उठे पनि त्यसै सेलाएर गएको अवस्था छ,’ उनले लेखेकी छन् ।
उनले प्रदेश र स्थानीय सरकारले पनि पहाडी भुभागमा बाताबरणिय प्रभाबको अध्ययन नगरी जताततै डोजर, एक्साभेटर चलाएर सडक निर्माण गर्दा पनि पहिरोको उच्च जोखिम बढी रहेको उल्लेख गरेकी छन् ।
उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गरि पहिरोबाट बच्न सरकारले स्थायी रुपले नै कदम चाल्न आबस्यक रहेको उल्लेख गर्दै हामी नेपालीले प्रत्येक वर्ष धनजनको क्षति भै रहने र बारम्बार दुःखदायी खवर कहिलेसम्म सुन्नुपर्ने हो सरकार भन्दै प्रशन गरेकी छन् ।
‘प्रतिबर्ष धनजनको क्षति भै रहने र बारम्बार दुःखदायी खवर सुनिरहनु पर्ने हामी नेपालीले कहिलेसम्म हो सरकार ? यसतर्फ सरकारको ध्यान कहिले पुग्ला ?,’ उनले भनेकी छन् । पछिल्लो समयमा मुलतः सिन्धुपाल्चोक र कालिकोट जिल्ला लगायत पहाडी भुभागहरुमा पहिरोले धनजनको क्षति भइरहेको छ ।




प्रतिक्रिया