कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २० अठराहा सुगौलीका ४७ वर्षिय पुरुषको शनिवार बिहान मृत्यु भएको थियो ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएकाे छ ।शनिवार बिहान करिब ७ बजे मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।यससँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।