फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँका दरले बढाएको हो ।

बढेको पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलको रुपैयाँ बढाइएको हो ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यद्यपी खाना पकाउने ग्यासको मूल्य भने बढाइएन ।