काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ।
बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ । यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ ।
स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दियो ।
बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि सिसिएमसि मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।




प्रतिक्रिया