सशस्त्रका डीएसपीसहित बारा र पर्सामा थपिए ८० जना संक्रमित

सशस्त्रका डीएसपीसहित बारा र पर्सामा थपिए ८० जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा पर्सा र बारामा ८० जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार राती नारायणी अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ६३ र बाराका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये वीरगन्ज भन्सार कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्रीसहित एक जना जवान पनि रहेका छन् ।

त्यस्तै पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार, पोखरीया अस्पतालका मेसुसहित डा.अनिल यादव र थप दुई जना अन्य डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।