जनकपुर अस्पतालमा धनुषाका एक कोरोना संक्रमितको मृत्यु

जनकपुर अस्पतालमा धनुषाका एक कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपालमा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको धनौजी गाउँपालिका–३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आइसीयूमा मृत्यु भएको हो ।

गत साउन २६ गते बिरामी परेर अस्पताल भर्ना भएका ती पुरुषको साउन ३१ गते रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

ती पुरुष जटिल किसिमको निमोनियाबाट ग्रसित थिए ।