काठमाण्डु – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सक्रमितको मृत्यु भएको छ । गत साउन २८ गते अस्पताल भर्ना भएकी काठमाण्डुको भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी ती महिलामा निमोनिया र मधुमेहको समस्या रहेको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । उनको शव नेपाली सेनाले आजै व्यवस्थापन गर्ने तयारी गरेकाे छ ।




प्रतिक्रिया