काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ पुगेको छ । डा. गौतमले होम आइसोलेसनमा रहनेहरुको संख्या २ हजार ६ सय १ रहेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनले १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।
विगत २४ घण्टामा ११ हजार ५ सय २० को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।




प्रतिक्रिया