बागमती प्रदेशकी उपसभामुख तामाङ र उनका छोरालाई कोरोना संक्रमण

बागमती प्रदेशकी उपसभामुख तामाङ र उनका छोरालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

यसअघि गरिएको परीक्षणमा केही संकास्पद देखिएपछि पुनः तीन दिनअघि उपसभामुख तामाङको स्वाब संकलन गरि परीक्षण गरिएकोमा आज नतिजा आएको हो । उपसभामुख तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् ।

सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् ।