छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल मुसाङ खोलामा सोही नगरपालिका जितपुर बस्ने भक्तपुर नगरपालिका-६ याछे टोल सुकुलढोका घर भएकी काली भन्ने ३२ वर्षीया यशोदा सिजखु सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

प्युठान, प्युठान नगरपालिका-७ टिकुरीस्थित झिम्रुक खोलामा सोही नगरपालिका-६ लाम्छ्याङ बस्ने ५५ वर्षीय बेगम पुन मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, बाह्रदशी गाउँपालिका-२ सालबारीस्थित अदुवा खोलाको किनारमा हाल नाम,थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।