बाढी पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बाढी पहिरोमा परेर मृत्यु भएका परिवा।लाई २ लाख नगद दिने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले बाढीपहिरोमा परेका घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए । तर, एउटै परिवारमा एकभन्दा बढी मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका दरले आर्थिक सहयोग गर्ने उनले बताए ।

बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल जुगाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको छ ।