काठमाण्डु उपत्यकामा भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय

काठमाण्डु उपत्यकामा भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा बुधबार रातिदेखि भदौ १० गतेसम्म कडाइका साथ लकडाउन जारी भएको छ । बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म लकडाउन जारी हुने भएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञाको निर्णय गरेको हो ।

वैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७७ वटै जिल्लाका सिडिओहरुलाई लकडाउन लगाउन सक्ने अधिकार दिएको थियो ।