काठमाण्डु – राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्ना एक जना सल्लाहकार र एक बिज्ञलाई बिदा गरेकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सुरक्षा सल्लाहकार नेत्र थापा र भाषा, संस्कृति र पुरातत्व बिज्ञ माधव शर्मालाई साउन मसान्तबाट बिदा गरिएको हो ।
थापा र शर्मा यसअघिको कार्यकालमा पनि राष्ट्रपतिको सल्लाहकारको जिम्मेवारीमा थिए । उनिहरु दुई वर्ष अघि फेरी विज्ञ र सल्लाहकारका रुपमा नियुक्त भएका थिए ।
‘उहांहरुको दुई वर्षे कार्यकाल पुरा भएको छ, अव उहांहरुलाई बिदा दिने निर्णय भएको छ ।’ शीतलनिवास स्रोतले भन्यो ।




प्रतिक्रिया