काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवी माधवप्रसाद घिमिरेको निधनमा दुख व्यक्त गरेका छन् ।
बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले निरन्तर साधनारत्, उत्कृष्ट व्यक्तित्व घिमिरेको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको जनाएका छन् ।
देशभक्ति र प्रकृति प्रेममा आधारित उनका अनेकौं काव्य कृति सदा पठनीय र मननीय रहेको बताएका छन् । शाहले घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकमा रहेका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया